२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

एमाले सचिवालय बैठक स्थगित

shivam cement
मध्यान्ह
२०८२ असोज २५ गते ११:४१
एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो ।

बैठक (भोलि) आइतबार ११ बजे बस्नेगरी सरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।

यसअघि हिजो बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्ने विषयमा छलफल भएको थियो ।

हिजोको बैठकले पार्टीको महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ खोज्नुपर्ने र महाधिवेशनको माध्यमबाट नयाँ ढङ्गले अगाडि जाने निष्कर्ष निकालेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise