२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कालीकोटलाई दुई अर्ब बढी अनुदान

Nada
कमल कुमाल
२०८१ जेठ २४ गते १२:०८
Shares
कालीकोटलाई दुई अर्ब बढी अनुदान

कालीकोट : कालीकोट जिल्लाका नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान प्राप्त भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ मा नौ वटा स्थानीय तहलाई गरी दुई अर्ब ६९ करोड ६६ लाख अनुदान दिने भएको हो । तीन वटा नगरपालिकाले वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा ९९ करोड ३१ लाख अनुदान पाउने भएका छन् ।

ncell

यस वर्ष कालीकोटका लागि संघीय अनुदान गत वर्षभन्दा पाँच करोड ५५ लाखले घटेको छ । गत वर्ष कालीकोटका नौ स्थानीय तहका लागि दुई अर्ब ७४ करोड १३ लाख प्राप्त भएको थियो । संघ सरकारबाट यी चार वटै शीर्षकमा स्थानीय तहले पाउने अनुदानमा सबैभन्दा बढी नरहरीनाथ गाउँपालिकाले ३७ करोड ७६ लाख बजेट अनुदान पाउनेछ भने सबैभन्दा कम महावै गाउँपालिकाले २१ करोड ८१ लाख अनुदान पाउनेछ । त्यस्तै नगरपालिकामध्ये सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाले ३६ करोड ४७ लाख अनुदान पाउने भएको छ भने रास्कोट नगरपालिकाले ३१ करोड ५० लाख र तिलागुफा नगरपालिकाले ३१ करोड ३४ लाख अनुदान पाउने छन् ।

यस्तै शुभकालिका गाउँपालिकाले २७ करोड पाँच लाख, पचालझरना गाउँपालिकाले २६ करोड ८४ लाख, पलाँता गाउँपालिकाले ३० करोड ६८ लाख तथा सान्नीत्रिवेणी गाउँपालिकाले २६ करोड २१ लाख अनुदान पाउने छन् ।

नौ वटै स्थानीय तहले पाएको अनुदान शीर्षकअनुसार समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदानमा ८६ करोड ७२ लाख छ । चालुतर्फ सशर्त अनुदानमा एक अर्ब ६६ करोड २४ लाख, विशेष अनुदानमा ६ करोड ३० लाख, समपूरक अनुदान पुँजीगतमा १० करोड ५५ लाख र चालुतर्फ २१ करोड ७ लाख गरी जम्मा दुई अर्ब ६९ करोड ६६ लाख अनुदान रहेको छ  । 

uae

सम्बन्धित खबर