२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

दोस्रो लक्की फिल्मी अवार्डको लोगो सार्वजनिक

Nada
किस्ना आचार्य रोशनी
२०८१ साउन ३ गते १९:२४
Shares
दोस्रो लक्की फिल्मी अवार्डको लोगो सार्वजनिक

काठमाडौं : लक्की फिल्मी अवार्ड २०८१ को लोगो सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित एक समारोहमा अभिनेत्री सञ्चिता लुईंटेल र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले अवार्डको लागो सार्वजनिक गरेका हुन् ।

लागो सार्वजनिक गर्दै अभिनेत्री लुईंटेलले अवार्डको सफलताको शुभकामना व्यक्त गरिन् । मोफसलमा रहेर पनि रंग क्षेत्रको ठूलो कार्यक्रम गरेकोमा उनले आयोजक लक्की मिडिया हाउस र महाप्रबन्धक कार्कीप्रति विशेष आभार व्यक्त गरिन् ।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले हरेक वर्ष लक्की फिल्मी अवार्डको आयोजना गर्दै आएको छ । अघिल्लो संस्करणमा भएका केही कमीकमजोरीलाई समेत सुधार गर्दै नयाँ संस्करण आयोजना गर्ने तयारीमा जुटेको महाप्रबन्धक कार्कीले बताए ।

लक्की फिल्मी अवार्ड मोफसलकै एक मात्रै र ठूलो फिल्मी अवार्ड भएको भन्दै महाप्रबन्धक कार्कीले अवार्डमा चलचित्र क्षेत्रमा कार्यरत कलाकार, सामाजिक अभियान्ता एवम् विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई सम्मान गर्ने बताए ।

अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट कथा लेखन, उत्कृष्ट गायक महिला, उत्कृष्ट गायक पुरुष, उत्कृष्ट संगीतकार, अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड, उत्कृष्ट सिनेमाटोग्राफर, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, लोकप्रिय कलाकार पुरुष, लोकप्रिय कलाकार महिलालाई सम्मानित गरिने छ । त्यस्तै, उत्कृष्ट सम्पादक, उत्कृष्ट निर्देशक, उत्कृष्ट कम्पोजर, स्पेशल मुभीलगायतलाई सम्मान गरिने कार्कीको भनाइ छ ।

कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिने कार्कीले जानकारी दिए । आगामी संस्करणको लक्की फिल्मी अवार्ड असोजमा गर्ने तयारी भइरहेको पनि कार्कीले बताए ।

सम्बन्धित खबर