काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ ल्याइँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ ल्याउँन लागिएकाे हाे ।
लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा काठमाडौँ ल्याउँने तयारी भएको प्रहरीले श्रोतले जनाएको छ । प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ ।