२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

शितलपुरमा कृषि र सिँचाइलाई पहिलो प्राथमिकता

shivam cement
कृष्ण तिवारी
२०८२ साउन २८ गते २०:५३
शितलपुरमा कृषि र सिँचाइलाई पहिलो प्राथमिकता

रौतहट : आर्थिक वर्ष २०८२/०८३ को वडास्तरीय योजना छनोट कार्यक्रम सम्पन्न भएको छ । फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ को शितलपुर बैरगनियामा आर्थिक वर्ष २०८२/०८३ का लागि वडास्तरीय योजना छनोट गरिएको हो । 

टोल स्तरीय योजना छनोट गरी वडास्तरीय योजनाहरू तर्जुमा गर्दै वडाका स्थानीयको भेलाबाट योजना छनोट गरिएको हो । 

आउँदो आर्थिक वर्ष २०८२/०८३ मा नगर सभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमसँगै कृषि तथा सिँचाइ कार्यलाई पहिलो प्राथमिकतामा राखेर छनोट गरिएको छ । वडादेखि टोलसम्म सबै टोलभेला गरेर ल्याइएका योजनाहरू समेटी वडा भेलामा प्रस्तुत गरिएको हो । विशेषगरी वडाका समस्यालाई समाधान गर्नका लागि वडास्तरीय योजनाहरू पालिकामा पेश गर्ने गरी निर्णय पारित गरिएको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अनिरुद्व यादव ‘सञ्जय’ ले बताए ।

वडामा भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाइ, विद्युत, सडक र पर्यटकीय क्षेत्रको आधारमा योजना छनोट गरिएको छ । सामाजिक हक र हितका लागि आवश्यक विषयलाई मध्यनजर राखेर निर्माण योजना राखिएको बताइएको छ । वडास्तरीय योजना छनोट गरी पालिकाको कार्यपालिका बैठकमा प्रस्तुत गर्ने र अन्य भन्दा पहिलो प्राथमिकतामा निर्माण योजना छनोट गरेर नगर सभामा पारित गरिने अध्यक्ष यादवले बताएका छन् । 

वडास्तरीय योजना तर्जुमा तथा छनोट कार्यक्रम फतुवा विजयपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अनिरुद्व यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

सोही कार्यक्रममा कार्यपालिका सदस्य शेरबहादुर पटेल, वडाका जनप्रतिनिधि, राजनीति प्रेमी, समाजसेवी, शिक्षा प्रेमी तथा गाउँका भद्रभलाद्मीहरूको बाक्लो उपस्थिति रहेको स्थानीय ब्रहम्देव यादवले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise