२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

रौतहटमा कार्यवाहक नगर प्रमुखको ‘शिलालेख विवाद’ : कानुनी हैसियतविपरीत ‘नगर प्रमुख’ लेखिएपछि आलोचना

shivam cement
कृष्ण तिवारी
२०८२ साउन २१ गते २१:५०
रौतहटमा कार्यवाहक नगर प्रमुखको ‘शिलालेख विवाद’ : कानुनी हैसियतविपरीत ‘नगर प्रमुख’ लेखिएपछि आलोचना

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनको नाममा सार्वजनिक संरचनामा ‘नगर प्रमुख’ लेखिएपछि विवाद उत्पन्न भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दोषी ठहरिएका नगर प्रमुख गोपाल प्रसाद यादवलाई विशेष अदालतले १५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैदको फैसला सुनाएपछि खातुन कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारीमा आएकी थिइन् ।

तर कानुनी हैसियत कार्यवाहक भए पनि खातुनको नाम शिलालेखमा ‘नगर प्रमुख’ को रूपमा उल्लेख गरिएको पाइएपछि उनीप्रति चौतर्फी आलोचना सुरु भएको छ ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा १६ (क) १२ अनुसार नगर प्रमुख सात दिनभन्दा बढी अनुपस्थित वा निलम्बित भएमा उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिन सकिने व्यवस्था छ । तर कार्यवाहक पदमा रहेकी खातुनले आफैंलाई ‘नगर प्रमुख’ लेखाउने कार्यले कानुनको उल्लंघन गरेको भन्दै स्थानीय बासिन्दाहरूले आपत्ति जनाएका छन् ।

स्थानीयहरूका अनुसार खातुनको यो कार्यले पदको गरिमा भंग गरेको छ र उनले कानुनी सीमाभन्दा बाहिर गएर व्यवहार गरेकी छन् । “कार्यवाहक नगर प्रमुख भएर कानुनी मर्यादा नाघ्ने काम गर्नु गैरजिम्मेवार र अपमानजनक छ,” एक स्थानीयले प्रतिक्रिया दिए ।

नगरपालिकाभित्र यस्ता अराजक र गैरकानुनी गतिविधि नगर्न कार्यवाहक प्रमुखलाई सचेत गराइसकिएको समेत बताइएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise