सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिका–५ मा अवस्थित प्रहरी चौकी रामनगर कोदरटीबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामग्री बरामद गरेको छ ।
प्रहरी चौकीका असइ रबन यादवको कमाण्डमा खटिएको गस्ती टोलीले कबिर चौकदेखि करिब ६ सय मिटर पश्चिमको झाडी क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती सामग्री नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका समानहरूमा दाँत मसकाउने गुल १ प्याकेट, सागर दूध ३ बोरा, सर्फ ६ बोरा, भुजिया २५ प्याकेट र १० पिस, राजनिवास पति १ प्याकेट, खुकुरी चुरोट २५ बन्डल र पान मसला ४५ थान रहेका छन् ।
प्रहरीका अनुसार बरामद सामग्रीको कुल मूल्य रू. १,२२,६१० (एक लाख बाइस हजार छ सय दस) रहेको छ ।
बरामद सामग्रीहरू ईलाका प्रहरी कार्यालय बोदे बर्साइनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।