२०८२ साउन १३ गते मङ्गलवार / Jul 29 , 2025 , Tuesday
२०८२ साउन १३ गते मङ्गलवार
Ads

शितलपुरमा गर्भवती तथा सुत्केरीलाई पोसिलो आहार वितरण

shivam cement
कृष्ण तिवारी
२०८२ साउन १२ गते २१:१२
शितलपुरमा गर्भवती तथा सुत्केरीलाई पोसिलो आहार वितरण

रौतहट : रौतहटको फतुवा बिजयपुर नगरपालिका–२ शितलपुरमा सोमबार गर्भवती तथा सुत्केरी महिलालाई पोसिलो आहार वितरण गरिएको छ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा शितलपुर स्वास्थ्य चौकीले पोषणयुक्त खाद्यान्न र झोला वितरण गरेको हो । 

स्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, वडाध्यक्ष अनिरुद्ध यादव तथा स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ताले महिलाहरुलाई पोसिलो आहारसहित झोला हस्तान्तरण गरे । 

कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख खातुनले लक्षित समूह सेवाबाट कोही पनि बञ्चित नहोस् भनेर स्वास्थ्य सेवा सबैसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् । वडाध्यक्ष यादवले ग्रामीण भेगका महिलाहरू गर्भवती अवस्थामा पनि घरको काममा व्यस्त हुने भएकाले स्वास्थ्यप्रति पर्याप्त ध्यान नदिने बताए । यस्तो अवस्थामा सुत्केरी समयमा जटिलता आउन सक्ने भएकाले पोसिलो आहार अत्यावश्यक रहेको उनले उल्लेख गरे । 

सहायक स्वास्थ्य शाखा प्रमुख रमेश यादवका अनुसार, वडा नं. २ अन्तर्गतका गर्भवती तथा सुत्केरी महिलाहरूलाई ६ किलोको दरले पोसिलो आहार वितरण गरिएको हो । यस कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise