२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

एनआरएनए एनसीसी कतारको परिषद् सदस्यता आवेदन बन्द

Nada
तिलु शर्मा पौडेल
२०८२ साउन ४ गते २१:५७
Shares
एनआरएनए एनसीसी कतारको परिषद् सदस्यता आवेदन बन्द

दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारको ११औं अधिवेशनका लागि ४ जुलाईदेखि खोलिएको पञ्जीकृत सदस्यता आवेदन आह्वान गए रातिबाट बन्द गरिएको छ । पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा एनआरएनए आईसीसी अध्यक्ष बद्री केसी समूहले मान्यता फिर्ता लिए पनि केसीको पत्रलाई पत्रद्वारा नै खारेज गरी अगाडि बढेको रमेश भट्ट नेतृत्वको एनसीसीले आफ्नै पोर्टलबाट खोलेको पञ्जीकृत सदस्यता आवेदन बन्द गरिएको एनसीसी कतारले जनाएको छ ।

ncell

एनसीसी कतारका अध्यक्ष भट्ट र महासचिव रबिन मगरले जारी गरेको सूचनामा जनाइए अनुसार २०२५-२०२७ कार्यकालका लागि ५ हजार ४ सय ९३ जनाले सदस्यता फाराम भरेको जनाइएको छ । महासचिव मगरका अनुसार आवेदन प्राप्त भएका मध्ये ४ हजार २सय ४६ जनाको प्रमाणित भएको, १ हजार ५५ जनाको प्रमाणित हुन बाँकी र १ सय ९२ जनाको ड्राफ्टमा रहेको जानकारी दिए ।  प्रमाणीकरण अवधिमा अस्वीकृत भएका र ड्राफ्‌टमा भएको आवेदनहरूमा नपुग कागजातहरूको जानकारी सम्पूर्णको इमेलमार्फत सम्बन्धित व्यक्तिको इमेलमै जाने भएकाले आफ्‌ना नपुग कागजातहरू आफ्‌नो प्रोफाइलमा अद्यावधिक गर्न अनुरोध गरेका छन् ।

एनसीसी कतारले सदस्यताबाट मात्र करिब ३० लाख रुपियाँ आम्दानी गर्ने अनुमान गरिएको छ । उक्त सदस्यता मार्फत प्राप्त रकमको २० प्रतिशत श्रमिक कल्याणकारी कोषमा राख्ने प्रतिबद्धता जुलाई ४ तारिक सम्पन्न तेस्रो तथा अन्तिम परिषद् भेलामा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर