२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

अन्तर्राष्ट्रिय रेडक्रस महासंघद्वारा रौतहटको रक्तसञ्चार सेवामा अनुगमन

shivam cement
२०८२ साउन ४ गते २१:२८
Shares
अन्तर्राष्ट्रिय रेडक्रस महासंघद्वारा रौतहटको रक्तसञ्चार सेवामा अनुगमन

रौतहट : नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका तर्फबाट अन्तर्राष्ट्रिय रेडक्रस महासंघका नेपाल प्रतिनिधिमण्डल प्रमुख डेभिड फिसरको टोलीले रौतहटस्थित नेपाल रेडक्रस सोसाइटी शाखामा रहेको रक्तसञ्चार सेवाको अवस्थाबारे अनुगमन गरेको छ । 

विश्वका १९१ देशमा स्थापित रेडक्रस संस्था मानवीय सेवाका लागि क्रियाशील रहेको छ भने नेपालमा यसको स्थापना वि.सं. २०२० मा र रौतहटमा वि.सं. २०२७ मा भएको हो । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले आफ्नै भवनबाट रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ, जुन सेवा गरिब, विपन्न तथा विरामीहरुलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपलब्ध गराउँदै आइरहेको छ ।

अनुगमनको क्रममा प्रतिनिधिमण्डलले रौतहट रक्तसञ्चार सेवाको संरचना, सेवा प्रवाह, ब्लड डोनेशनको अवस्था, प्रयोगशाला परीक्षण, कर्मचारी व्यवस्थापन, ब्लडको खपत, शुल्क, र निःशुल्क ब्लड वितरण प्रक्रियाबारे विस्तृत निरीक्षण गरेका थिए ।

डेभिड फिसरसहितको टोलीमा ग्लोबल फोकल पर्सन डा.इलिजाबेथ भिनेल, स्वीस रेडक्रसका डा. सोनिया अविसर, आइएफआरसी नेपाल हेर्ने वरिष्ठ अधिकृत रस्मी झा लगायत सहभागी थिए ।

नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाका सभापति राजकिशोर यादवको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपसभापति अनुरुद्ध महतो, निलु झा, महामन्त्री धर्मेन्द्र प्रसाद सिंह, कोषाध्यक्ष रामाधार राय यादव, रक्त संयोजक संजय यादव, शेख कैमुदिन, उपमहामन्त्री हसरे आलम, प्रचार प्रसार समितिका संयोजक रामएकवाल साह, बालकिशोर जयसवाल, शाखा अधिकृत कपिलदेव पडित, रक्तसञ्चार सेवा प्रमुख लालबाबु यादव लगायत शाखाका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सहभागीहरूबीच अन्तर्राष्ट्रिय तथा स्थानीय तहमा रक्तसञ्चार सेवाको गुणस्तर, पहुँच, नीतिगत समन्वय र दीर्घकालीन सुधारका सम्भावनाबारे विचार विमर्श भएको थियो । 

ADV

सम्बन्धित खबर