२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

संखुवासभा–काठमाडौं सम्पर्क मञ्चद्वारा विद्यार्थी र हिमाल आरोहीलाई सम्मान

shivam cement
मध्यान्ह
२०८२ साउन ४ गते २१:२३
संखुवासभा–काठमाडौं सम्पर्क मञ्चद्वारा विद्यार्थी र हिमाल आरोहीलाई सम्मान

काठमाडौं : नेकपा एमाले संखुवासभा–काठमाडौं सम्पर्क मञ्चले एसईई पास भएका ५० जना विद्यार्थीलाई सम्मान गरेको छ । 

काठमाडौंमा आयोजित कार्यक्रममा कक्षा १२ को परीक्षा दिएर बसेका ७ जना र संखुवासभाका १५ जना हिमाल आरोहीहरुलाई पनि सम्मान गरिएको मञ्चका अध्यक्ष वासु पाण्डेले जानकारी दिए ।

उनीहरुलाई एमाले सचिव योगेश भट्टराई, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, केन्द्रीय समिति सदस्य तुलसी न्यौपानेलगायत नेताहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा एसईई दिएका विद्यार्थीलाई काठमाडौंस्थित स्वप्न बाटिका स्कुल तथा कलेजले १० जना विद्यार्थीका लागि सम्पूर्ण छात्रवृत्ति दिने घोषणा समेत गरेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise