२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

बर्दियामा बाढी विपद् कृत्रिम घटना नमुना खोज तथा उद्धार अभ्यास

shivam cement
सन्तोष पौडेल
२०८२ साउन ४ गते २१:१७
बर्दियामा बाढी विपद् कृत्रिम घटना नमुना खोज तथा उद्धार अभ्यास

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको हातीसारस्थित खौराहा खोलामा बाढी विपद् कृत्रिम घटना नमुना खोज तथा उद्धार अभ्यास गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वि–ग्रुप)को साझेदारीमा सञ्चालित विपद् पूर्व तयारी, उत्थानशिलता तथा सवलीकरण परियोजनाको सहयोग तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा यो अभ्यास गरिएको हो । 

पालिकाका वडाध्यक्षसहित नगर प्रहरीहरुलाई प्रदान गरिएको ७ दिने विपद् कृत्रिम घटना नमुना खोज तथा उद्धार तालिमपश्चात् अभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्निया, इलाका प्रहरी कार्यालय बगनाहा र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय ठाकुरबाबाको सहभागितामा बाढी कृत्रिम घटना अभ्यास गरिएको हो । 

पालिकामा बाढी र डुबानजस्ता विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न यो बाढी कृतिम घटना अभ्यासले सहयोग पुग्ने ठाकुरबाबा नगरपालिकाका उपप्रमुख विना भट्टराईले बताइन् । यस वर्ष गत वर्षभन्दा बढी वर्षा हुने अनुमान मौसम विभागले गरेको हुँदा बाढी र डुबान पनि बढी हुने सम्भावना रहेको र सो कारणले अहिलेबाटै त्यसको क्षति न्यूनीकरण गर्नका लागि पालिकाले विभिन्न कार्यक्रम र तयारीहरू अघि बढाएको नगर प्रमुख तिलकराम लम्सालले बताए ।

सो अवसरमा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, रेडक्रसकर्मीहरू तथा अगुवा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise