२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

shivam cement
२०८२ साउन ४ गते १०:०२
Shares
हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला : सर्केगाड गाउँपालिका-४ को झापुकुनास्थित  मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल आगलागीबाट जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिए।  

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उनले बताए ।

ADV

सम्बन्धित खबर