२०८२ साउन ४ गते आइतवार / Jul 20 , 2025 , Sunday
२०८२ साउन ४ गते आइतवार
Ads

खाद्यविद् बरालको ‘म:म:का पाइलाहरु´को विमोचन

shivam cement
मध्यान्ह
२०८२ साउन ४ गते ०८:१९
खाद्यविद् बरालको ‘म:म:का पाइलाहरु´को विमोचन

बेलायत : खाद्य तथा स्वादका राजदूतका रुपमा परिचित विनोद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ कृतिको विमोचन सम्पन्न भएको छ ।

बेलायतमा बसोवास गर्दै आएका बरालको पुस्तक लण्डनस्थित विजनेश डिजाइन सेन्टरको `दि नेशनल जियोग्राफ़िक ट्राभलर फुड फेस्टिभल´मा कृति विमोचन भएको हो ।

साहित्यकार युवराज नयाँघरे, समाजसेवी तथा सामाजिक अभियन्ता नवीन गुरुङ, लेखक बराल, उद्यमी जनक राई, मदिराविद् तारा वाइबनले संयुक्तरुपमा कृति विमोचन गरेका थिए । 

विमोचनपछि साहित्यकार नयाँघरेले हरेक परिकारसँगै देश, संस्कृति र आफनो मौलिकता पनि सँगै जाने भन्दै यो कृतिमार्फत नेपाली पहिचान र गौरव पनि साथै आएको बताए । ‘नेपाली जनजातिका अन्य खाना, परिकार र खाद्य स्वादका इतिहास जोगाउन यस्ता कृतिले उल्लेख्य भुमिका खेल्ने छन्’, नयाँघरेले भने, ‘ यसका निम्ति कृति लेखक बराल वधाईका पात्र हुनुहनन्छ ।’ कार्यक्रममा लेखक बरालले आफू नेपाली परिकार अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सधैं क्रियाशील भइरहने प्रतिबद्धता व्यक्त गरे । 

अभियन्ता गुरुङ, उद्यमी राई र मदिराविद् वाइबन लगायतले कृति सफलताका लागि शुभकामना दिएका थिए ।  कार्यक्रमको आयोजक मो: मो : फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको थियो ।

गण्डकी प्रदेशको पोखरामा जन्मिएका बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन् । म:म: शिरोमणिका रुपमा चर्चित बराल बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उत्तिकै क्रियाशील रहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise