२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी

shivam cement
मध्यान्ह
२०८२ साउन ३ गते १७:०५
पोखरामा चिनियाँ तस्बिर प्रदर्शनी

गण्डकी : चीनको पश्चिमी प्रान्त सिछुवानको गान्जी तिब्बती स्वायत्त जिल्लाको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । गान्जी उच्च स्थानस्थित उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगलका कारण प्रसिद्ध छ ।

गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउण्उटेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रमअन्तर्गत त्यहाँका तस्बिरहरूको गत बिहीबारदेखि यहाँस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा प्रदर्शनी भइरहेको छ ।

सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेका अनुसार चीनको नेपाल नेसनल पभेलियनको सहयोगमा गान्जीका २६ वटा तस्बिर समावेश छन् । गान्जीका तस्बिरको प्रदर्शनी छ महिनासम्म रहने छ ।

ADV

सम्बन्धित खबर

Advertise