२०८२ साउन २ गते शुक्रवार / Jul 18 , 2025 , Friday
२०८२ साउन २ गते शुक्रवार
Ads

कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

shivam cement
तिलु शर्मा पौडेल
२०८२ साउन २ गते २०:१०
कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

दोहा कतार : कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्याङ्जा सहयोग समाज कतारको आयोजना, मातहतका इकाइ र विभागहरूको सहआयोजना, नेपाली रक्तदाता संघ कतारको समन्वय तथा हमाद अस्पतालसँगको सहकार्यमा कतारमा 'बृहत् रक्तदान कार्यक्रम' सम्पन्न भएको हो । 

शुक्रबार बिहान ८ बजेदेखि मध्याह्नसम्म चलेको कार्यक्रममार्फत ७६ जनाले रक्तदान गरेका छन् । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले समाजले रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष घनश्याम जैसीले बताए । रक्तदाताहरूलाई समाजले प्रशंसा पत्रद्वारा सम्मान गरेको थियो । 

रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई समाजले धन्यवाद तथा आभार प्रकट गरेको छ । कार्यक्रममा कतारमा स्थापित संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतकाहरुको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise