२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

नेपालमा टेलिग्राम बन्द

Nada
२०८२ साउन २ गते १९:०२
Shares
नेपालमा टेलिग्राम बन्द

काठमाडौंः सरकारले सामाजिक सञ्जाल टेलिग्राम एप बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टेलिग्राम बन्द गर्ने निर्णय भएको जनाएको हो । टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको भन्दै यसलाई बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ । ।

ncell

‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

ताजा खबर

सम्बन्धित खबर