काठमाडौं : गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताएका छन् । शुक्रबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिककोृ जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताए । उनले अपराधको न्यूनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुनबमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए ।
शान्ति सुरक्षाको स्थिति अहिले अनुकूल रहेको गृहमन्त्रीको दाबी छ । उनले अपराध नियन्त्रण गर्ने कुरामा मन्त्रालय निरन्तर लागिरहेको र आपराधिक कार्य गरेर फरार भएकाहरुलाई पनि पक्राउ गरिरहेको बताए ।
गृहमन्त्री लेखकले लगुऔषध न्यूनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताए । सडक दुर्घटना नियन्त्रण गर्न पनि जरुरी रहेको उनले बताए ।