२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

५२ हेक्टरमा सिँचाइ सुविधा विस्तार

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते १०:५३
५२ हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी : यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । 

साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताए । 

सिँचाइतर्फ २२ वटा योजनाका लागि रु चार करोड ८३ लाख ४० हजार बजेट विनियोजन भएकामा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१ दशमलव ३१ प्रतिशत अथवा रु चार करोड ४१ लाख ४० हजार खर्च भएको छ । 

यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका  छ स्थानमा ४० मिटर पक्की पर्खाल, २५० मिटर ‘ग्याबियन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा पनि  ग्याबियन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ । 

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० परिवार लाभान्वित र दुई दशमलव पाँच हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि रु एक करोड ५० लाख ५० हजार विनियोजन भएकामा रु एक करोड ४७ लाख ६९ हजार खर्च भएको प्रमुख ओझाले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise