२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

टीकापुर नगरपालिकामा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते १०:०१
टीकापुर नगरपालिकामा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

टीकापुर : टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुने गरी त्यस्तो व्यवस्था गरेको हो । 

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै  प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य संघका पदाधिकारी र संघ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन् । 

नगरपालिकाको निर्णय विपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक रु. एक हजार, दोस्रो पटक रु. तीन हजार र तेस्रो पटक रु. पाँच हजार जरिवाना हुने उनले बताए । 

त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलो पटक रु. १० रु. ५० र तेस्रो पटक रु. १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक रु. दुई हजार, दोस्रो पटक रु. चार हजार र तेस्रो पटक  रु. छ हजार जरिवाना हुनेछ । 

नगरपालिकालाई प्लास्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरेका छन् । पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise