२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

भोजपुरमा सात करोड लागतमा २८ कोठे पालिका भवन निर्माण हुँदै

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते ०८:४४
भोजपुरमा सात करोड लागतमा २८ कोठे पालिका भवन निर्माण हुँदै

भोजपुर : भोजपुरमा हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु. सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको रु. दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले रु. पाँच करोड लगानी गरिसकेको छ । गाउँपालिका भवन निर्माणको लागि हालसम्म रु. छ करोड ९० भुक्तानी भइसकेको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise