२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

shivam cement
मध्यान्ह
२०८२ साउन १ गते ०७:५८
माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

रामेछाप : रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिहरेका छन् । 

यसका लागि युवा पुस्ताले बुढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । पनि गराइरहेका थिए । आफ्नो भाषा र संस्कृति हराउँदै गएको भन्दै युवाहरूले माझीहरूको सामाजिक विषयवस्तुमा छलफल गर्न सामाजिक छलफल मञ्च (मजे सावा) नाम सङ्गठन बनाएर काम गरिरहेका छन् । सङ्गठनले जिल्लाका माझी समुदायका विभिन्न १० स्थानमा केही दिनअघि आयोजना गरेको बालबालिका तथा किशोर किशोरीका लागि भाषा तथा संस्कृति प्रशिक्षण कार्यक्रममा  बुधबार सम्पन्न भएको छ । 

मन्थली नगरपालिका–८ गाइखुराका बालकृष्ण माझीले भाषा र संस्कृति जोगिए मात्र माझीहरूको पहिचान जोगिने भन्दै टोलटोलमा यस्तो प्रशिक्षण कार्यक्रम गरिएको बताए । मन्थलीस्थित गाइखुरा, जखनिटार, हाटेचउर, कुनाउरी, रुमालेचोक, हात्तीटार, सेलेघाट भटौली र खाँडादेवी गाउँपालिकाको रजगाउँ गरी माझी समुदाय रहेको विभिन्न १० स्थानमा माझी समुदायका बालबालिका र किशोर किशोरीलाई  प्रशिक्षण दिइएको उनले बताए । 

पछिल्लो पुस्ताले भाषा, धर्म, संस्कृति, संस्कार नबिर्सिऊन् भनेर  जिल्लाका ती स्थानमा कार्यक्रम सञ्चालन गरिएको मजे सावाका संयोजक श्रीबहादुर माझीले बताए ।    

माछा मार्नु, विभिन्न घाट तथा नदीमा डुङ्गा चलाउनु माझी समुदायको पुर्ख्यौली पेसा हो । पछिल्लो समय नदी तथा खोलामा विषादी हालेर माछा मार्ने क्रम बढेको र अधिकांश ठाउँमा मोटरेबल तथा झोलुङ्गे पुल बनेका कारण आफ्नो पुर्ख्यौली पेसा सङ्कटमा परेको यस समुदायका अगुवाहरूको भनाइ छ । 

भाषा र संस्कृति जोगाउने कामका लागि प्रशिक्षण गर्न आदिवासी हिमाली समाजले आर्थिक सहयोग गरेको थियो । यसरी युवाले चासो राखेमा माझी समुदायको भाषा र संस्कृति जोगाउन सहज हुने स्थानीय जङ्गवीर माझी बताउँछन् ।   
 

ADV

सम्बन्धित खबर

Advertise