२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

कटान रोक्न वृक्षारोपण

shivam cement
धर्मेन्द्रकुमार कुर्मी
२०८२ असार ३२ गते २१:२६
कटान रोक्न वृक्षारोपण

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिका–२ लोहरोलामा नेपाल एकीकत विकास परियोजना अन्तर्गत बृहत् वृक्षारोपण गरिएको छ । 

सेचेन करुणाको आयोजना, करुणा सेचेनको सहयोग र विजयनगर गाउँपालिकाको समन्वयमा बुधबार इन्द्रेणी सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र अन्तर्गत पर्ने चिरइ नदीको किनारमा बाँसका बिरुवाहरु रोपिएका हुन् ।

सेचेन करुणाका जिल्ला प्रमुख हुमलाल अधिकारीले नदी किनारमा २ सय ५० वटा बाँसको बिरुवा रोपिएको बताए । यसले वर्षेनी आउने बाढीको असर कम गर्न र माटोको कटान रोक्न महत्वपूर्ण सहयोग पुग्ने बताउँदै नदी किनारको पर्यावरणीय सुरक्षा र हरियालीको वृद्धिमा मदत्त पुग्ने उनको भनाइ छ । यस्तै विजयनगरको विद्यालय परिसर, पोखरी, तालतलैयाहरुमा पनि विभिन्न प्रजातिका बिरुवाहरु लगाइएको उनले बताए । 

यस्तै वडाध्यक्ष नेपाल चौधरीले वृक्षारोपण कार्यक्रम सराहनीय भएको बताउँदै रोपिएको बिरुवाको संरक्षणमा सबैले लाग्नुपर्नेमा जोड दिए । उनले पर्यावरण संरक्षणका लागि समुदाय स्तरमा यस्ता कार्यक्रमहरूको आयोजना अति आवश्यक भएको बताए । भविष्यमा पनि यस्ता पहलहरूको निरन्तरताले राष्ट्रिय अर्थतन्त्रको योगदानमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

यसैगरी थेमिटिक असिस्टेन्ट खाद्य सुरक्षा तथा आर्थिक विकासका संयोजक तिलकराम भुसालले जलवायु परिवर्तनको रोकथामको साथै जैविक विविधता संरक्षण र क्षय रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । 

वन संरक्षणको महत्व विभिन्न दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताउँदै कार्यक्रममा सहभागी भएका स्थानीय जनतालाई वन संरक्षणको महत्व र बाँसको उपयोगिता बारेसमेत जानकारी दिए ।

यस्तै जनजागृति माध्यमिक विद्यालय लोहरौलाका प्रधानाध्यापक मिर्जा प्रसाद चौधरीले बोटबिरुवाको संरक्षण गर्न स्थानीय बासिन्दाहरु सकारात्मक र सक्रिय हुनुपर्ने बताए । बन संरक्षणले दीगो विकासको लागि आधारभूमि तयार पार्नमा पनि मद्दत पुग्ने बताउँदै बनहरूको संरक्षण र व्यवस्थापनमा स्थानीयले नै लाग्नुपर्नेमा उनले जोड दिए । वृक्षारोपण कार्यक्रममा स्थानीय, शिक्षक, प्रहरी, सञ्चारकर्मी, बाल क्लबका पदाधिकारी, सामुदायिक बनका पदाधिकारी, सेचेन करुणा कर्मचारी लगायत स्थानीयहरुको सहभागीता थियो ।

ADV

सम्बन्धित खबर

Advertise