२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १८:५८
नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेले लिइन् शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ दिलाएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मंगलबार संघीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए ।

यसअघि उनी नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिइन् । एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ । 

ADV

सम्बन्धित खबर

Advertise