२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयो : मन्त्री गुरुङ

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १४:०१
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयो : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरु छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गरेको बताएका छन् ।

पत्रकार सम्मेलनका क्रममा सिंहदरबारमा बोल्दै उनले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको भन्ने आरोप निराधार रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरु प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाएकी थिइन् ।

आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा उनले आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको नभनेको बताएकी थिइन् । त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ ।

यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरु हुनसक्ने भन्दै अनुसन्धान सुरु गरिसकेको छ ।

प्रधामन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोही सम्बन्धमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताए ।

उनले भने, ‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसदमा प्रश्न गर्नुभएको माननीयज्युले एक खालको आत्मलोचना गर्नुभएको छ । मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ । प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो । सम्माननीय प्रधानमन्त्रीज्यूको आचारविधि नै छ । कति जना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ ।’

मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचीबाट बाहिर रहेर गएका तर नफर्किएकाहरुको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताए । प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२सै आना गलत भएको उनले दाबी गरे ।

ADV

सम्बन्धित खबर

Advertise