२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते ११:१९
वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

धनुषा : वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको संकट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए। खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए ।

साथै सेनाले आफूसँग भएका सातवटा ट्यांकरबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्यांकरमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise