२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

भारतबाट आएको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

Nada
२०८२ असार ३२ गते ०८:३३
Shares
भारतबाट आएको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

काठमाडौँ : नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट बुधबार राति १०:२५ बजे मिनि ट्रक त्रिशूलीमा खसेको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँ आउन लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो ।

भारत लखनउका ट्रक चालक २१ वर्षीय आशिक यादव र २० वर्षीय सहचालक उत्तर सिंह दुर्घटनामा घाइते भएका छन् । अहिले उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर