२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

छाउगोठ भत्काउन कञ्चनपुर प्रशासनद्वारा पत्राचार

Nada
२०८२ असार ३० गते १३:०५
Shares
छाउगोठ भत्काउन कञ्चनपुर प्रशासनद्वारा पत्राचार

काठमाडौंः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउन पत्राचार गरेको छ । शनिबार छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि कार्यालयले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको हो।

ncell

‘कृष्णपुर नगरपालिका, वडा नं.०१, निगाली टोलमा महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी २८ वर्षीय कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएको सन्दर्भमा यस जिल्लाका ९ वटै स्थानीय तहमा छाउपडी गोठ भत्काई परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मुलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले तहाँ पालिकाबाट आवश्यक निर्णय गरी यो सामाजिक कुप्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान संचालन गर्नु/गराउनु हुन अनुरोध छ’, पत्राचारमा भनिएको छ ।

सम्बन्धित खबर