२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

स्पेन भ्रमणमा गएर नफर्किएकाहरुबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १२:५१
स्पेन भ्रमणमा गएर नफर्किएकाहरुबारे छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले स्पेन भ्रमणबारे छानबिन गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक थापासँगको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो ।

यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise