२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

शेर्पा संघ कतारको अध्यक्षमा रविन शेर्पा सर्वसम्मत

shivam cement
तिलु शर्मा पौडेल
२०८२ असार २९ गते २१:२४
शेर्पा संघ कतारको अध्यक्षमा रविन शेर्पा सर्वसम्मत

दोहा कतार : नयाँ कार्यसमिति चयन गर्दै शेर्पा संघ कतारको पाँचौ अधिवेशन दोहामा सम्पन्न भएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खोटाङका रविन शेर्पाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । संघको उपाध्यक्षद्वयमा ल्हेमी शेर्पा र सुनिता शेर्पा, महासचिवमा गम्बु शेर्पा, सचिवमा प्रदीप शेर्पा, कोषाध्यक्षमा सोनम डोल्मा शेर्पा र सह–कोषाध्यक्षमा लाक्पा डेन्डी शेर्पा चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा कल्देन शेर्पा, याङडु शेर्पा, सेन्जा शेर्पा, ल्हामु शेर्पा र तेन्डी शेर्पा रहेका छन् । संघका अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 

अधिवेशनमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले आफ्नो पन र मौलिकता बोकेको समुदायले आदिवासी जनजातिहरूको केन्द्रीय विधान बमोजिम आफूलाई परिमार्जित गर्दै लगेकोमा खुसी व्यक्त गरे । 

श्रेष्ठले किदुंग हुँदै संघसम्मको यात्रा र परिवर्तनले शेर्पाहरूसँगको सहकार्य झन् बलियो बनेको बताए । 

उपाध्यक्ष रविन शेर्पाले सहजीकरण गरेको अधिवेशनमा महिला संयोजक सुनिता शेर्पाले स्वागत मन्तव्य राखेको समापन गर्दै सभाध्यक्ष पेम्बा शेर्पाले सामुदायिक एकता अपरिहार्य रहेको बताए । अधिवेशनमा विभिन्न कलाकारहरूले आफ्ना साङ्गीतिक प्रस्तुति दिएका थिए ।

संघले कलाकारहरू, आदिवासी जनजाति महासंघमा आबद्ध रहेका मातृ संस्थासहित सहयोगी संस्थाहरू, विशिष्ट व्यक्तित्वहरूसहित प्रमुख अतिथिलाई सम्मान गरेको थियो । कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसहित शेर्पाहरूको बाक्लो उपस्थिति रहेको थियो । 

शेर्पाहरूको हकहित र अधिकारको खोजी गर्न तथा धर्म, संस्कार संस्कृति संरक्षण र प्रवद्र्धनको पाटोमा काम गर्ने उद्देश्यले सन् २०१७ मा कतारमा संघको स्थापना गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise