२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

राहत शिक्षकहरू आन्दोलित

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १९:०८
राहत शिक्षकहरू आन्दोलित

काठमाडौं : राहत शिक्षकहरुले विद्यालय शिक्षा ऐन पारित भएको दिन शिक्षा समितिका सांसदहरूको पुत्ला दहन गर्ने चेतावनी दिएका छन् । 

आइतबार काठमडौंमा पत्रकार सम्मेलन गरी राहत शिक्षकहरूले विरोध र आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । विद्यालय शिक्षा ऐनमा उल्लेख गरिएको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धा आफूहरूले विगतमा गरेको सहमति विपरीत रहेको उनीहरूको ठहर छ । उनीहरूले उक्त प्रवन्धले आफूहरूको व्यवस्थापन भन्दा पनि विस्थापित हुने दाबी गरेका छन् ।

उनीहरूले हाल संसदीय समितिमा रहेको विद्यालय शिक्षा विधेयकलाई कालो विधेयकको संज्ञा दिएका छन् । ‘विगतका सम्झौता र नजिरहरूलाई बेवास्ता गरी यथास्थितिकै कालो विधेयकलाई विषयगत समितिले पास गरेको दिन देशैभरी विषयगत समितिका सांसदहरूको पुतला दहन गरि बहिष्कार गर्ने बताएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष वीरेन्द्र मल्लले आफूहरूलाई स्थायी गराउन नसक्ने हो भने राज्यले आर्थिक प्याकेज दिनुपर्ने बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise