काठमाडौँ : कपिलवस्तुमा बस दुर्घटना भएको छ । काठमाडौँबाट दाङ जाँदै गरेको बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
लु. प्र ०२००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो । ३० जना सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य छ ।