२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

दुई संसदीय समितिको बैठक बस्दै

shivam cement
२०८२ असार २९ गते ०८:०४
Shares
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : आइतबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समितिको बैठक बिहान साढे ११ बजे सुरु हुनेछ ।

बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुनेछ । 

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि  साढे ११ बजे नै बस्नेछ । बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । 

ADV

सम्बन्धित खबर