२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

झोलुंगे पुल निर्माण गरेपछि यात्रा अवधि छोटियो

shivam cement
२०८२ असार २९ गते ०७:५७
Shares
झोलुंगे पुल निर्माण गरेपछि यात्रा अवधि छोटियो

म्याग्दी : धवलागिरि गाउँपालिका-६ मा रहेको मराङ खोलामा तीन सय ६५ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिका-६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि-६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका-७ बिमका बासिन्दा लाभान्वित भएका जानकारी दिए ।

“मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्रा अवधि छोटिएको छ”, उनले भने “अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदल यात्रा गर्नुपर्नेमा पुल बनेपछि यात्रा अवधि १५ मिनेटमा छोटिएको छ ।”

उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका-२ को निर्माण कम्पनीले रु. दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।

स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका–३ दर खोलामा तीन सय ६६ मिटर लामो झोलुंगे पुल पनि निर्माण भएको छ। यस वर्ष निर्माण भएका दुई वटासहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुंगे पुलको सङ्ख्या चार वटा झोलुंगे पुल छवटा पुगेको छ ।

रघुगंगा गाउँपालिका-१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलव ८० मिटर, मालिका-७ बिमवाङ र धवलागिरि-६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका-१ रत्नेचौर र बागलुङ नगरपालिका-४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका-५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।

ADV

सम्बन्धित खबर