महोत्तरी : गौशालामा निर्मित कभर्ड हल जीर्ण बन्दै गएको छ । भवनको भित्री भाग जीर्ण भई भत्किँदा समेत सम्बन्धित पक्षले चासो देखाएको छैन ।
गौशाला उद्योग वाणिज्य संघको मातहतमा रहेको यो भवनको रेखदेख अनि उचित संरक्षणतर्फ भने कसैले ध्यान नदिँदा करोडौंको लागतमा निर्मित भवन क्रमिक रुपमा अस्तित्व विहीन बन्दै गएको स्थानीय रिंकी श्रेष्ठले बताइन् । उनले भनिन्, ‘सार्वजनिक सम्पतिको संरक्षणका निम्ति देशमा तीन तहका सरकारका प्रतिनिधि भए तापनि यसतर्फ कसैको ध्यान नजानु दुःखद रहेको छ । भवन निर्मित भएपछि स्थानीयहरू हर्षित भएपनि पछिल्लो समयमा आएर भवन जीर्ण भएको खबरले हरेकको मन खिन्न बनेको छ ।’
यस क्षेत्रमा विवाह, उत्सव, सभा सम्मेलन तथा खेलाडीहरूले खेलकुदको प्रायोजनले उपयोगमा ल्याउने यस भवनभित्र जाँदा जो कोही पनि सरोकारवालाप्रति प्रश्न उठाउँदै आएको गौशाला १ का राजकुमार कुशवाहाले बताए । उनले थपे, ‘अत्याधुनिक सुविधा भवनले चिनेका भवन अहिले बेवारिसे र अलपत्र भएका छन् । यसप्रति हरेक नागरिकले कर्तव्यवोध हुने किसिमको भूमिका आउनुपर्ने अहिलेको आवश्यक्ता रहेको छ । जुन पछिल्लो समयमा आएर हरेकले बिर्सिँदा करोडौको भवन अहिले जीर्ण बनेको छ ।’
महोत्तरीको गौशालामा ४ करोडको लागतमा बहुउद्देश्यीय भवन (कभर्ड हल) को निर्माण हुने भएको छ । महोत्तरी क्षेत्र नम्बर १ ख बाट निर्वाचित नेकपाका प्रदेश सांसद भरतप्रसाद साहले संसदीय विकास कोषमार्फत प्राप्त भएको रकमबाट गौशालास्थित जीरोमाइलमा अत्याधुनिक पूर्वाधारसहितको कभर्ड हल निर्माण हुन लागेको हो ।
महोत्तरी क्षेत्र नम्बर १ ख का प्रदेश सांसद भरतप्रसाद साहको संसदीय विकास कोषमार्फत पौने ४ करोडको लागतमा सो अत्याधुनिक सुविधासम्पन्न कभर्ड हलको निर्माण भएको छ । जुन अहिले व्यवस्थापनको जिम्मेवारी गौशाला उद्योग वाणिज्य संघको मातहतमा रहेको छ ।