२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

रामपुरका तीन सय ८९ योजना सम्पन्न

Nada
२०८२ असार २८ गते ११:५४
Shares
रामपुरका तीन सय ८९ योजना सम्पन्न

पाल्पा : रामपुर नगरपालिका पाल्पाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ। चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए।  

ncell

नौवटा सम्झौता नभएको र पाँचवटा सम्झौता भए पनि काम नभएको योजना शाखा प्रमुख बस्नेतले बताए। ठेक्का प्रक्रिया र उपभोक्तामार्फत हुने योजना समयमै सुरु भई सम्पन्न भएका कारण यस वर्ष योजनाका काम छिटो सम्पन्न भएका हुन्। नगरपालिकाभित्र सञ्चालन हुने योजनाको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ।  

नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविरमार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडावडामै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमणबहादुर थापाले बताए।

योजना कार्यान्वयनका लागि सहजीकरण गरेका कारण पनि ठेक्कामार्फत भएका योजना सहज रूपमा समयमै सम्पन्न भएका छन्।
 

सम्बन्धित खबर