२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

थवाङका प्रमुख कार्यकारी अधिकृतसहित सबै कर्मचारी सम्पर्कमा

shivam cement
२०८२ असार २६ गते १५:२६
Shares
थवाङका प्रमुख कार्यकारी अधिकृतसहित सबै कर्मचारी सम्पर्कमा

रुकुम पूर्व : रोल्पाको थबाङ गाउँपालिकाबाट सम्पर्कविहीन रहेका सातै जना कर्मचारी सम्पर्कमा आएका छन् । 

विगत तीन दिनदेखि सम्पर्कविहीन भएका भनिएका रोल्पास्थित थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका हुन् । उनीहरू बिहीबार गाउँपालिकाको सम्पर्कमा आएका हुन् ।

गाउँपालिका अध्यक्ष ऋषिकेशब बुढामगरलाई प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले फोन गरेर आफूहरू सकुशल अवस्थामा रहेको जानकारी गराएका हुन् । गाउँपालिका अध्यक्ष बुढाले प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सबै कर्मचारी सम्पर्कमा आइसकेको बताए ।

‘मलाई आज बिहान ७ बजेर ५ मिनेटमा हाकिमले आफैँ फोन गर्नुभयो र हामी गुल्मी जिल्लामा छौं, आज कार्यालयतिर फर्किँदै छौं भनेर भन्नुभयो,’ अध्यक्ष बुढाले भने, ‘मैले किन यति दिनसम्म फोन अफ गरेर बस्नु भयो? के समस्या भयो ? भनेर प्रश्न गर्दा फोन काट्नु भयो, त्यसपछि उहाँसँग सम्पर्क भएको छैन ।’ त्यसअघि प्रमुख प्रशासकीय अधिकृत घर्ती रोल्पाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको सम्पर्कमाआएर आफूहरू सकुशल अवस्थामा रहेको जानकारी गराएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सहायक प्रशासन पाँचौँ तहका हरिष माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्र प्रकाश ओली, निशा आचार्य, शिवकुमार ओली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए। थबाङ गाउँपालिका अध्यक्ष बुढामगरले बुधबार विज्ञप्ति नै जारी गरेर सम्पर्कमा आउन भनेका थिए ।

रोल्पा निवासी प्रमुख प्रशासकीय अधिकृत घर्ती करिब ३२ महिनादेखि उक्त गाउँपालिकामा कार्यरत छन् ।

ADV

सम्बन्धित खबर