२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

Nada
२०८२ असार २६ गते ११:१८
Shares
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु

पर्सा : पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । एक होटेलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानी घाटका नौ वर्षे बालक बजरंगी रौनियारको मृत्यु भएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटेलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, “अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको हो ।”

सम्बन्धित खबर