२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

बर्दिया ठाकुरबाबा र गेरुवामा विपद् पूर्वतयारी परियोजना सञ्चालन हुने

Nada
सन्तोष पौडेल
२०८२ असार २५ गते २०:५४
Shares
बर्दिया ठाकुरबाबा र गेरुवामा विपद् पूर्वतयारी परियोजना सञ्चालन हुने

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा विपद् पूर्वतयारी, उत्थानशीलता तथा सशक्तिकरण परियोजना सञ्चालन हुने भएको छ । पालिकाहरूको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वि–ग्रुप)को साझेदारीमा उक्त परियोजना अघि बढाइनेछ ।

ncell

वि–ग्रुपका कार्यक्रम संयोजक लक्ष्मीप्रसाद शर्माका अनुसार परियोजनाको उद्देश्य विपद् पूर्वतयारीका लागि संस्थागत विकास, जोखिम विश्लेषण तथा व्यवस्थापन कार्यमा समुदायको सहभागिता वृद्धि गर्नु हो । साथै, पालिकाहरूको पूर्वानुमानमा आधारित तयारी र प्रतिकार्यका लागि आवश्यक योजना तर्जुमा र कार्यान्वयनमा सहयोग पु¥याउने लक्ष्य पनि परियोजनाले राखेको छ ।

जनवरी २०२६ सम्म सञ्चालन हुने उक्त परियोजनाअन्तर्गत पालिकाको विपद् व्यवस्थापनसम्बन्धी योजना कार्यान्वयन, विपद् न्यूनीकरणका कार्यहरू सञ्चालन, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वयंसेवक परिचालन, नीतिगत सहकार्य, तथा पूर्व सूचना प्रणाली सशक्तिकरण गरी पूर्वानुमानमा आधारित प्रतिकार्यलाई टेवा पुर्‍याउनेजस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गरिनेछन् ।

यसका अतिरिक्त, सुरक्षित समुदाय निर्माण, सामाजिक पुँजीको विकास र बालविवाह न्यूनीकरणमा समेत परियोजनाले सहयोग गर्नेछ । ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा लागू गरिने यस परियोजनाका विभिन्न क्रियाकलापमा गरी करिब ८० लाख ३१ हजार ६ सय ६८ रुपैयाँ खर्च हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर