२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते ०९:३४
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बागलुङ : जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघु जलविद्युत् आयोजनाको बाँध र पावर हाउस बगाएको छ ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावर हाउस बगाएको स्थानीय गंगा आचार्यले बताइन् । गत वर्ष रु. ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताइन् । बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढी पहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धान बाली क्षति भएको छ ।   

ADV

सम्बन्धित खबर

Advertise