२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

लुम्बिनीका सबै जनताको घर–घरमा खानेपानी पुर्‍याउँछु : मन्त्री राणा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८२ असार २४ गते २०:३८
लुम्बिनीका सबै जनताको घर–घरमा खानेपानी पुर्‍याउँछु : मन्त्री राणा

प्यूठान : लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता रोज राणाले प्रदेशका सबै जिल्लामा खानेपानी र शहरी विकासका योजना समानुपातिक ढंगले वितरण गरिएको बताएका छन् । 

गृह जिल्ला प्यूठानमा आयोजना अनुगमनका क्रममा बोल्दै उनले जनताको घरघरमा शुद्ध खानेपानी पु¥याउनु आफ्नो प्रमुख लक्ष्य भएको स्पष्ट गरे । 

मन्त्री राणाले पहाडी र तराईका विकट तथा ग्रामीण बस्तीहरूमा पुगेर जनताको समस्या र गुनासा सुनेको र तिनको समाधानका लागि काम दु्रत गतिमा अघि बढाइएको जानकारी दिए । उनले भने, ‘खानेपानी समस्या समाधान मेरो पहिलो प्राथमिकता हो । योजना बनाउनु मात्र होइन, कार्यान्वयनमा पनि म गम्भीर छु ।’ उनले लुम्बिनी प्रदेशका सबै जिल्लामा खानेपानी योजनाहरू प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गर्दै बाँकी रहेका आयोजनाहरू पूरा गर्न बजेट विनियोजन गरिसकिएको बताए ।

गृह जिल्ला प्यूठानमा मात्रै २ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको उल्लेख गर्दै मन्त्री राणाले यो आफूसँग भएको सामान्य जिम्मेवारी भएको बताए । उनले भने,‘प्यूठानमा पैसाको मात्रा कम परेको भनेर खुशी हुने होइन, अब सबै मिलेर समृद्ध प्यूठान बनाउन लाग्नुपर्छ ।’

उनले विकासका कामहरूमा अनियमितता हुन नदिन स्थानीय नागरिकलाई सचेत र साथमा रहन आग्रह गर्दै भने, ‘जनप्रतिनिधिहरू विकासका स्पष्ट योजना लिएर अघि बढ्नुपर्छ । गलत भास्य सिर्जना गरेर विकास अवरुद्ध गर्नु हुँदैन ।’

प्यूठानलाई प्रदेशकै नमूना जिल्ला बनाउने अभियानमा लाग्ने दृढता व्यक्त गर्दै मन्त्री राणाले आगामी दिनहरूमा जनताको साथ र समर्थनले कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । स्थानीय जनताले मन्त्री राणाको सक्रियता र योजनाहरूको कार्यान्वयनप्रति धन्यवाद दिँदै चुनावी प्रतिबद्धता पूरा गरेको भन्दै प्रशंसा गरे ।

ADV

सम्बन्धित खबर

Advertise