काठमाडौं : सर्वोच्च अदालतले गभर्नर विश्व पौडेललाई काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो । इजलासले यो मुद्दालाई अग्राधिकार पनि दिएको छ ।
अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले गत जेठ १३ गते पौडेलको योग्यतामाथि प्रश्न गर्दै नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।