काठमाडौंः मंगलबार राति भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा भारी वर्षको सम्भावना रहेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार एक सूचना जारी गर्दै ती क्षेत्रमा आज राति बढी वर्षा हुने सम्भावना रहेकाले नदी आसपास क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
कार्यालयले अरनिको राजमार्ग (बन्देउ देखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन आग्रह गरेको छ ।