२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

सद्भाव कायम गर्दै सकियो मोहर्रम पर्व

shivam cement
इसत्याक अहमद
२०८२ असार २३ गते २१:५९
सद्भाव कायम गर्दै सकियो मोहर्रम पर्व

रौतहट : रौतहटको राजपुर नगरपालिकामा यस वर्षको मोहर्रम पर्व शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको छ । कुडिया नदी किनारको बजार क्षेत्रलगायतका स्थानहरूमा मुस्लिम समुदायले मनाउने यो सांस्कृतिक तथा धार्मिक पर्व यस वर्ष शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । 

अघिल्ला वर्षहरूमा मोहर्रमका अवसरमा केही स्थानमा विवाद र तनावको स्थिति सिर्जना हुँदै आएपनि यस वर्ष सबै पक्षको सक्रिय सहयोग र समझदारीका कारण पर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय प्रशासन र समुदायले जनाएको छ ।

No description available.

मोहर्रम प्रारम्भ हुनु अघि असार १७ गते जिल्ला प्रशासन कार्यालयको पहलमा सुरक्षा र सामाजिक सद्भावका विषयमा संयुक्त बैठक आयोजना गरिएको थियो । बैठकमा राजपुर नगरपालिकाका समाजसेवी, स्थानीय बुद्धिजीवी, ९ वटै वडाध्यक्षहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो । 

बैठकमा भएको सहमतिको आधारमा बैरिया, अकोलवा, कुडिया लगायतका क्षेत्रहरूमा ‘दाहा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएमने थियो । 

सम्भावित संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । विशेषगरी कुडिया नदी किनारको क्षेत्रमा, जहाँ विगतमा छठ पर्व मनाउने र मोहर्रम मनाउनेबीच स्थान प्रयोगको विषयमा विवाद हुँदै आएको थियो, त्यहाँ प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

यस वर्ष सबै पक्षको समझदारी, संयमता र स्थानीय नेतृत्वको सक्रियताले कुनै अप्रिय घटना हुन नदिएकोमा स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन् । 

स्थानीय प्रशासनले शान्ति, सद्भाव र सहिष्णुता कायम गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

मोहर्रमको अवसरमा मुस्लिम समुदायका प्रतिनिधिहरूले ‘दाहा’ मार्फत ऐतिहासिक घटनाको स्मरण गर्दै सद्भाव र एकताको सन्देश फैलाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise