काठमाडौंः सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन् ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा न्यायाधीशमा नियुक्त भएका छन् ।