२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

मध्यान्ह समाचार प्रभाव : शिक्षक कर्मचारीले पाए ६ महिना रोकिएको तलब

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते २२:४६
मध्यान्ह समाचार प्रभाव : शिक्षक कर्मचारीले पाए ६ महिना रोकिएको तलब

काठमाडौं : लामो समयको पर्खाइपछि दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलब पाएका छन् । 

विश्व विद्यालयको आन्तरिक कलहका कारण विगत ६ महिनादेखि तलब नलिइ काम गर्न बाध्य शिक्षक तथा कर्मचारीले आइतबार तलब पाएका हुन् । तत्कालीन उपकुलपति यादव प्रकाश लामिछानेले विश्वविद्यालयमा रोपेर गएको कलह अझै साम्य नभएपनि शिक्षक कर्मचारीले तलब पाएपछि खुसी व्यक्त गरेका छन् । 

विश्वविद्यालयका पदाधिकारी र बजेट महाशाखाको गैरजिम्मेवारपनका कारण देशभरका संस्कृत क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीले तलब पाउन नसकेका विषयमा मध्यान्ह राष्ट्रिय दैनिकले समाचार प्रकाशन गरेपछि भिसी, रजिष्ट्रार र आर्थिक प्रशासन महाशाखाका प्रमुख दबाबमा परेको थिए । 

विश्वविद्यालय अन्तर्गत १२ वटै क्याम्पसका शिक्षक तथा कर्मचारीको बाँकी रहेको सबै तलब निकाशा गरिएको उपकुलपति धनेश्वर नेपालले मध्यान्हलाई जानकारी दिए । 

तत्कालीन उपकुलपति यादव प्रकाश लामिछानेले महाशाखाका प्रमुख सह–लेखा नियन्त्रक प्रकाश कुमार आचार्यसहित १६ जनालाई कायम मुकायम बनाए पनि नयाँ पदाधिकारी आएपछि उनीहरूलाई कामुबाट हटाइएको छ । पूर्वभिसी यादवको बदमासीपूर्ण निर्णयकाविरूद्ध अदालतमा मुद्दा परेपछि उच्च अदालत तुलसीपुरले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश दिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise