२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

समय अगावै काम सम्पन्न गर्ने प्यूठानका युवा व्यवसायी श्रेष्ठ सम्मानित

Nada
२०८२ असार २२ गते २०:५२
Shares
समय अगावै काम सम्पन्न गर्ने प्यूठानका युवा व्यवसायी श्रेष्ठ सम्मानित

प्यूठान : प्यूठानका एक युवा व्यवसायीले समयभन्दा अगाडि आयोजना सम्पन्न गरी प्रशंसा बटुलेका छन् । प्यूठानमा मुख्य कार्यालय रहेको आँसु हरियाली जेभीले प्यूठानसहित विभिन्न जिल्लामा आधा दर्जनभन्दा बढी योजना समयभन्दा अघि नै सम्पन्न गरेकोमा सो कम्पनीका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठलाई सम्मान गरिएको हो ।

ncell

श्रेष्ठको नेतृत्वमा ऐरावती गाउँपालिका अन्तर्गत कैरन–पकलाको ६ किलोमिटर सडक कालोपत्रेको काम सम्झौतामा तोकिएको मितिभन्दा ६ महिनाअघि सम्पन्न गरी सडक पूर्वाधार विकास कार्यालय, प्यूठानलाई हस्तान्तरण गरिएको थियो । 

सडक पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख चन्द्रबहादुर शाहका अनुसार, २०७८ असार ११ गते सम्झौता भएको सो आयोजना २०७९ पुस १० भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, आँसु हरियाली जेभीले काम ७ महिना अघि नै सम्पन्न गरेर उदाहरणीय सफलता हासिल गरेको हो ।

यसअघि पनि आँसु हरियालीले झिमरुक गाउँपालिकाको गोब्दी खोला पुल, मल्लरानी गाउँपालिकाको रस्पुरकोट सिँचाइ कुलो, काउले सिँचाइ कुलो (झिमरुक), बांगेशाल स्वास्थ्य चौकी (सरुमारानी)समेत तोकिएको समयभन्दा ४ देखि ६ महिना अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ ।

यस्तो उत्कृष्ट कार्य सम्पादनका लागि श्रेष्ठलाई अघिल्लो आयोजनामा नगद ११ लाख रुपैयाँ बोनससहित सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा कार्यालय प्रमुख शाहले अन्य कतिपय कम्पनीले काम अलपत्र पारेर बदनाम भइरहेका बेला श्रेष्ठले उदाहरणीय काम गरेर निर्माण क्षेत्रलाई नै नयाँ प्रेरणा दिएको बताए । 

सम्बन्धित खबर