२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

चैनपुर बजारको पूर्वाधार विकास तीव्र, सडक र नाली सुधार गरिँदै

shivam cement
जगदीश रोकाया
२०८२ असार २२ गते १९:०९
चैनपुर बजारको पूर्वाधार विकास तीव्र, सडक र नाली सुधार गरिँदै

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजार क्षेत्रका अव्यवस्थित सडक, बाटाघाट र नालीहरूको सुधार कार्य तीव्ररूपमा अगाडि बढाइएको छ । जिल्लाको प्रमुख शहरी केन्द्रका रूपमा रहेको चैनपुरलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले स्थानीय तहदेखि विभिन्न सरकारी निकायसम्मको समन्वयमा विकास निर्माणका काम भइरहेको छ ।

बैतडीमा रहेको शहरी विकास तथा भवन कार्यालयले सदरमुकाम क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । विशेषगरी वार्षिक योजनाअन्तर्गत चैनपुर बजारमा नाली निर्माण, कच्ची सडकको स्तरोन्नति, आरसीसी पिच तथा कार्यालय भवन निर्माण जस्ता कामहरू सञ्चालन भइरहेका छन् ।

चैनपुर अदालत सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रुपेन्द्र शाहीका अनुसार शहरी विकास कार्यालयका योजनाबाट बजार क्षेत्रको भौतिक पूर्वाधारको मात्रै नभई, स्थानीय जनताको रोजगारीमा समेत उल्लेखनीय टेवा पुगेको छ । “विगतका वर्षहरूमा पनि बझाड क्षेत्रको विकासका लागि योजनाहरू सञ्चालन भइरहेका थिए। यसपटक पनि बजार सुधारका योजनाहरू गुणस्तरी रूपमा अगाडि बढिरहेका छन्,” उनले बताए ।

शहरी विकास तथा भवन कार्यालयका योजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालन हुने भएकाले काम छिटो र पारदर्शी हुने गरेको उपभोक्ताहरूको भनाइ छ । यसले स्थानीय कामदारहरूलाई आयआर्जनमा समेत सहयोग पुगेको उनीहरू बताउँछन् ।

यस वर्ष चैनपुर बजारमा शहरी विकास तथा भवन कार्यालयबाट सञ्चालन भइरहेका प्रमुख योजनाहरूमा सीडीओ कार्यालय पछाडिको नहर तथा ढल निकास सुधार गर्ने योजना २५ लाखको रहेको छ । साथै माउनटेनभ्युदेखि अदालतसम्मको सडक आरसीसी पिच गर्ने काम ७० लाखको रहेको प्राविधिक पदमराज जोशीले जानकारी दिए  ।

यसका साथै हुलाक कार्यालयको छेउ हुँदै विष्टसिंह टोलको बाटो सुधार आरसीसी पनि ४५ लाख रुपैयाँको रहेको बताएको छ । सत्यवादी भोपुर स्कुलको ग्याविन भर्ने काम पनि यसै कार्यालय वाटको योजना वाट  हुदैछ ।  यसका साथै सिचाइ भवन  र्निमाण सिमखेतको १ करोडको ठेक्का माफर्त काम भइ रहेको पनि बझाड योजनाको साइड हेर्ने प्राविधिक रोहित रायले जानकारी दिए  । 

शहरी विकास तथा भवन कार्यालय बैतडीले ३ जिल्ला दार्चुला, बैतडी र बझाङमा सदरकुाम क्षेत्रको विकासका योजनासहित अन्य जिल्लाका पुर्वाधार र्निमाणका पनि काम गर्दै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise