२०८२ असार २२ गते आइतवार / Jul 06 , 2025 , Sunday
२०८२ असार २२ गते आइतवार
Ads

राष्ट्रपतिद्वारा छाउनी संग्रहालयको अवलोकन

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते १६:२७
राष्ट्रपतिद्वारा छाउनी संग्रहालयको अवलोकन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आइतबार अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गर्न गएका हुन् । उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, संग्राहलयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा संग्रहालयका प्रमुख मायादेवी अर्याललगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको सैनिक संग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए ।

सैनिक संग्राहलयमा संग्रहलय प्रमुख सेनानी गेलान लामाले संग्रहालयका बारेमा जानकारी गराएका थिए । त्यस्तै, राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले संग्रहालयका बारेमा जानकारी गराएका थिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise