२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

एसइईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

shivam cement
मध्यान्ह
२०८२ असार २२ गते १५:५९
एसइईमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

उदयपुर : खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसइई)मा नगरपालिकाभित्र उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने सामुदायिक विद्यालयका आधा दर्जन बढी विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ । 

दिक्तेलमा आयोजित ‘शैक्षिक सम्मेलन समापन समारोह’को अवसरमा नगरले ‘एसइई टपर’ ७ विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको हो ।

नगरका विद्यालयमध्ये उत्कृष्ट र समान जिपिए ल्याएर प्रथम हुने छात्रछात्रालाई २५–२५ हजार तथा छात्रछात्रा दुवैतर्फ दोस्रो र तेस्रो स्थान पाउने विद्यार्थीलाई क्रमशः १५ र १० हजार नगद साथ सम्मानपत्र प्रदान गरिएको हो । यस वर्ष एसइईमा नगर प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थी स्थानीय सरस्वति माध्यमिक विद्यालय (१–१२) का छन् ।  

नगर उत्कृष्ट स्थान समान ३.८० जिपिए पाउने जोमिन गुरुङ र अनुपम आचार्यले २५–२५ हजार पुरस्कार पाएका छन् । छात्रतर्फ ३.६८ जिपिएका साथ दोस्रो हुने डेगेन्द्र विश्वकर्मा र ३.६७ जिपिए ल्याएर तेस्रो भएका अनुपचार आचार्यलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार दिइयो ।

छात्रातर्फ ३.७६ जिपिएका साथ प्रथम हुने एलिसा बास्तोलाले २५ हजार नगद पाउँदा ३.७० जिपिएका साथ दोस्रो भएकी अञ्जली श्रेष्ठले १५ हजार पुरस्कार पाइन्। ३.६८ जीपीए ल्याएर तेस्रो हुने एलिजा आचार्यलाई १० हजार पुरस्कार प्राप्त गरेको नगर शिक्षा शाखा अधिकृत सुवासचन्द्र राईले बताए ।

त्यसैगरी नगरपालिकाले एसइईमा विद्यार्थी उत्तीर्ण सङ्ख्याका आधारमा ९५.४५ प्रतिशत ल्याएर नगर प्रथम हुने ज्योति मावि जालपालाई ५० हजार नगद पुरस्कार प्रदान गरेको छ । ९१.३ प्रतिशत उत्तीर्ण गराउने कालिका मावि नेर्पालाई ३० हजार र ८६.९६ प्रतिशत नतिजा हासिल गरेको पञ्च मावि दिक्तेललाई २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

तर, तेस्रो स्थान पाएको पञ्च माविलले नगरको पुरस्कार अस्वीकार ग¥यो । पञ्च माविले अघिल्लो शैक्षिक वर्ष २०८० मा नगर प्रथम भएर विद्यार्थी उत्तीर्ण गराउँदा पुरस्कार नदिएको भन्दै यस वर्षको तेस्रो पुरस्कार अस्वीकार गरेको हो । प्रधानाध्यापक लक्ष्मीप्रसाद खनालले प्रथम हुँदा पुरस्कृत नगर्ने नगरले तेस्रो हुँदा दिएको पुरस्कार र सम्मान लिनुको अर्थ नहुने प्रतिक्रिया दिए ।  

नगरभरी २१ वटा सामुदायिक विद्यालयको एसइईमा सहभागिता रहेकोमा जालपा मावि नुनथलाले भने शून्य उत्तीर्णको नतिजा पाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय खोटाङका अनुसार २ नगरसहित १० स्थानीयतह रहेको जिल्लाका ५ विद्यालयको नतिजा शून्य आएको छ । जालपाबाहेक राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जनता मावि सल्ले, याङ्सोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरेले यस वर्षको नतिजा शून्य पाएको एकाइ कार्यालयले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise